काठमाडौँ । नेपाल बार एशोसिएसनले माघ १६ गते काठमाडौंमा प्रथम युवा कानुन व्यवसायी सम्मेलन २०२५ को आयोजना गर्ने भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरिने उक्त सम्मेलनमा सम्मेलनमा सहभागिताका लागि दर्ता खुला गरेको छ ।
एशोसिएसनले सूचना जारी गर्दै उक्त सम्मेलनमा सहभागी वेबसाइटमा गएर दर्ता गर्न सकिने उल्लेख गरेको छ । उक्त सम्मेलनमा ४० वर्षभन्दा कम उमेर समुहका युवा कानुन व्यवसायीलाई निःशुल्क सहभागिताको अवसर प्रदान गरिएको छ भने ४० वर्ष वा सोभन्दा बढी उमेर समूहका कानुन व्यवसायीलाई १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।
एशोसिएसनले आफ्नो सहभागिताको सुनिश्चितताका लागि यथाशीघ्र अनलाइन फर्म भरी सिट सुरक्षित गर्न अनुरोध गरेको छ ।