राजश्व र प्रशासनको शाखा अधिकृतको विज्ञापन अघि नबढाउन उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत पाटनले लोकसेवा आयोगबाट जारी शाखा अधिकृतका केही विज्ञापन अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। सोमबार उच्च अदालतका न्यायाधीशद्वय लेखनाथ पौडेल र टीकाराम आचार्यको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो।

लोकसेवा आयोगले जारी गरेको विज्ञापन नम्बर ६७१–०८१/०८२ र ६७२–०८१/०८२ अन्तर्गत प्रशासन र राजस्व समूहका पदमा दरखास्त सङ्कलनको कार्य मात्र गर्न पाउने तर अन्य प्रक्रिया अघि नबढाउन भनेको हो। उच्चको यो आदेशसँगै दुई समूहको विज्ञापन रोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज