एमबीबीएस भर्ना प्रकरणमा ठगी आरोपः ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पक्राउ

काठमाडौं। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल ठगी आरोपमा बिहीबार बिहान पक्राउ परेका छन्। विराटनगरमा पक्राउ परेका पोखरेललाई सप्तरीका एक व्यक्तिबाट एमबीबीएसमा भर्ना गराइदिने भन्दै ठूलो रकम ठगेको आरोप छ।

मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमोरियाका अनुसार अनिल पोखरेलले सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ का बकधुवा निवासी बौआलाल चौधरीसँग एमबीबीएसमा भर्ना गराइदिने बहानामा ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए। तर, पछि उनले भर्ना प्रक्रियासम्बन्धी कुनै काम नगरेको पीडितले दाबी गरेका छन्।

मोरङ जिल्ला अदालतले सोमबार पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो। सोही आदेशअनुसार प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको हो। पक्राउ पुर्जी जारी भएपछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले गत पुस १९ गते नै अनिललाई स्वकीय सचिव पदबाट हटाएका थिए।

एसपी चिमोरियाका अनुसार पक्राउ परेका अनिल पोखरेललाई आजै अदालतमा पेश गरी हिरासतमा राख्ने अनुमति मागिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज