छविलाल जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश

पोखरा । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा छविलाल जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

जोशीसहित रास्वपा सभापति रवि लामिछाने, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश दिएको छ।

छविलाल असोज ६ गते पक्राउ गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज