कम्पनी दर्ता र सञ्चालनसँगै कम्पनी खारेजीको झन्झट हटाइने

काठमाडौं । सरकारले कम्पनी दर्ता र सञ्चालनसँगै कारोबार नै गर्न नसक्ने कम्पनीको खारेजीको व्यवस्थालाई सरल बनाउने गरि कानून संशोधन गर्ने भएको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत् आवश्यक कानुन संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो ।

अध्यादेशमा कम्पनी दर्ता सहज तरिकाले गर्न सक्ने व्यवस्था गरिएको छ । त्यसैगरी यसअघि कम्पनी खारेज गर्दा विभिन्न शिर्षकमा ठूलो जरिवाना तिर्नुपर्ने र झन्झटिलो व्यवस्थालाई सहज बनाउने भएको हो। अध्यादेशमा कारोबार नभएका र बन्द हुन चाहने कम्पनी खारेजी गर्दा तिर्नुपर्ने जरिवाना छुट दिने व्यवस्था उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज