थमन विक हत्या प्रकरणः १३औं पटक उच्च अदालतमा पेसी तोकियो

जनकपुरधाम । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणको मुद्दामा पुनः उच्च अदालत जनकपुरमा पेसी तोकिएको छ। यो मुद्दामा यो १३औं पटक पेसी तोकिएको हो।

२०७२ साल भदौ २५ गते महोत्तरीको जलेश्वरमा आन्दोलनकारी भीडले सशस्त्र प्रहरी असई विकमाथि क्रुर आक्रमण गरेर हत्या गरेको घटनाले देशभर चर्चा पाएको थियो। सो घटनामा महोत्तरी जिल्ला अदालतले दोषी ठहर गर्दै लोसपाका निलम्बित प्रदेश सांसद अभिराम शर्मालगायत सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

सांसद शर्माका पिताले २०८१ वैशाख ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गरेपछि मुद्दा बारम्बार स्थगित हुँदै आएको छ। उच्च अदालत जनकपुरका न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र राजुराम सिलवालको संयुक्त इजलासमा हाल यो मुद्दा पुगेको छ। यसअघि, २०८१ पुस १७ मा महेन्द्रनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलासमा पेसी तोकिए पनिहेर्ने नभ्याइने भन्दै स्थगित गरिएको थियो।

विकको परिवार न्यायको प्रतीक्षामा छ। २०७२ सालको उक्त घटनामा प्रदर्शनकारीले लाठी, मुक्का, र लात्तीले आक्रमण गर्दा गम्भीर घाइते बनेका विकलाई एम्बुलेन्सबाट निकालेर हत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ। महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ मा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिए पनि सांसद अभिराम शर्मा र अन्य ६ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। यस घटनापछि मधेश प्रदेश सभाले शर्मालाई निलम्बन गरेको छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज