वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि दुर्व्यवहार गर्नेविरुद्ध दिए जाहेरी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला अदालत, काठमाडौं परिसरमा आफूमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले जिल्ला प्रहरी परिसर, काठमाडौंमा ती व्यक्ति विरुद्ध जाहेरी दर्ता गरेका हुन् ।

बुधबार स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्किँदै गर्दा जिल्ला अदालत, काठमाडौं परिसरमा उनीमाथि आक्रमण भएको थियो । प्रहरीले त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा ललित केसीलाई पक्राउ गरेको थियो । पक्राउ परेका केसीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज