परीक्षामा नेपाली भाषाको प्रयोगको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं। कानुन संकायका तीन जना विद्यार्थीहरुले परीक्षामा नेपाली भाषाको प्रयोगको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका बि.ए.एल.एल.बी. कार्यक्रमका विद्यार्थीहरुले परीक्षामा अंग्रेजी भाषासँगै नेपाली भाषामा समेत प्रश्नपत्र उपलब्ध गराउन माग गरेका हुन्।
नेशनल ल कलेजका सञ्जम सराफ, काठमाडौं स्कुल अफ लका मोहम्मद औरंजेब र नेपाल ल क्याम्पसका विकास यादवले संयुक्त रूपमा दायर गरेको रिटमा हाल परीक्षाका प्रश्नपत्रहरू केवल अंग्रेजी भाषामा मात्र दिइने गरेको र यसले नेपाली भाषी विद्यार्थीहरूलाई अन्याय भएको उल्लेख गरिएको छ।
निवेदकहरूले नेपालको संविधानको धारा १८ को समानताको हक र धारा ३१ को शिक्षाको हकको उल्लंघन भएको जिकिर गरेका छन्। विशेषगरी, कानुन व्यवसायको अभ्यास नेपाली भाषामा हुने भएकाले परीक्षामा एकल भाषा नीतिले विद्यार्थीहरूको वास्तविक क्षमता मूल्यांकनमा बाधा पुगेको निवेदकहरूको तर्क छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय लगायतका निकायलाई विपक्षी बनाइएको यस रिटमा परीक्षाका प्रश्नपत्रहरू अनिवार्य रूपमा दुवै भाषामा उपलब्ध गराउन परमादेशको माग गरिएको छ। रिट को सुनवाई माघ ७ मा रहेएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज