काठमाडौँ । नेपाल बार एसोसिएसनले फागुन ३ देखि ५ गतेसम्म ५औँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनको आयोजना गर्ने भएको छ । बार एसोसिएसनले मंगलबार यसबारे जानकारी दिएको हो ।
सम्मेलनमा दिइएको जानकारी अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा मानव अधिकार, आदिवासी जनजाति, समुदायका अधिकारहरू गरी १२ वटा विषयगत सत्रमा छलफल हुने बताइएको छ ।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपालमा पहिलो पटक यस किसिमको सम्मेलनको आयोजना गरिएको बताउँदै सम्मेलनमा विश्वभरका न्यायपालिका, कानुन व्यवसायी, मानवअधिकारकर्मीहरूको सहभागिता रहने बताए । उनले सम्मेलनले नेपालको मानवअधिकार संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने समेत बताए ।
सम्मेलनमा ल एसियाका सदस्य र गैरसदस्यगरी २० भन्दाबढी राष्ट्रका १५० सयभन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाउने छन् ।