एमाले केन्द्रीय सदस्य ऐन महरमाथि बलत्कार मुद्दामा अनुसन्धान अगाडि बढाउन अदालतको आदेश

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले आदेश दिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँ समेतलाई प्रतिवादी बनाएर पीडितले दिएको निवेदनमा सुनुवाई गर्दै न्यायाधिशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले उक्त आदेश दिएको हो ।

अदालतले अनुसन्धान प्रक्रिया अघि बढाउन भनेको पीडितको तर्फबाट बहस गरेका बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको भनाइ छ । उनले पीडितको जाहेरी तामेलिमा राख्ने काठमाडौँ प्रहरीको निर्णय बिरुद्धको निवेदनमा अदालतले उक्त आदेश दिएको उल्लेख छ ।

२०८० जेठमा आफू महरबाट बलात्कृत भएको भन्दै पीडितले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी थिइन् । सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न इन्कार गरेको थियो । हुलाकबाट पठाएको जाहेरी दर्ता गरेपनि मुद्दा चल्ने अवस्था नभएको भन्दै तामेलीमा राख्ने निर्णय गरेपछि पीडित सो निर्णयविरुद्ध उच्च अदालतमा गएकी थिइन् ।

‘तामेली उपर अनुसन्धान हुनुपर्छ भन्ने रिट जारी गरेर अदालते अरु दुईवटा रिट खारेज गरेको छ । अरु दुईवटा रिट जाहेरी दर्ता गर्न इन्कार गरेको र जाहेरवालालाई सनाखत नगराएको विषयमा भएको उल्लेख छ ।

अदालतले तामेलीमा राख्ने प्रहरीको निर्णय उल्टाएर अनुसन्धान गर्नु भनेको हो । २०८० जेठमा उनले पीडितलाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज