संघीय निजामती विधेयकको प्रस्तावनासहित तीन दफामा सहमति

काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको संघीय निजामती विधेयकको प्रस्तावनासहित तीन दफामा सहमति जुटेको छ ।

राज्यव्यवस्था समितिको बिहीबार बसेको बैठकमा संघीय निजामती विधेयकमाथि दफावार छलफल भएको थियो । बैठकमा विधेयकको प्रस्तावनासहित तीन दफामा सहमति जुटेको बताइएको छ । ।

सरकारले विधेयकमा प्रस्ताव गरेको प्रस्तावनामा समितिले संशोधन गरेको हो । समितिले विधेयकको प्रस्तावनामा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्र हित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, जनउत्तरदायी, व्यावसायिक, पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री र समावेशी बनाउँदै सुशासनयुक्त संयन्त्रको विकास गर्न वाञ्छनीय भएकोले भन्ने उल्लेख गरेको छ ।

समितिका अनुसार सरकारले ल्याएको विधेयकको प्रस्तावनामा समितिले नेपालको संघीय निजामती सेवा पारदर्शी, समावेशी, जनउत्तरदायी र प्रविधिमैत्री हुने शब्दहरू थप गरेको हो । यसका साथै समितिले विधेयकको संक्षिप्त नाम रहेको दफा १, संघीय निजामती सेवासम्बन्धी केन्द्रीय निकाय हुने भन्ने व्यवस्था रहेको दफा ३ र संघीय निजामती सेवा सञ्चालनका आधारभूत सिद्धान्त व्याख्या गर्ने दफा ४ मा पनि सहमति गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज