वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरूद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरूद्ध बिहीबार अदालतको अवहेलना मुद्दा दायर भएको छ। शुक्रबार जिल्ला अदालत काठमाडौंमा वरिष्ठ अधिवक्ता त्रिपाठीविरूद्ध अवहेलनाको मुद्दा दायर भएको हो ।

त्रिपाठीले काठमाडौं जिल्ला अदालनका न्यायाधीश माधवप्रसाद अधिकारीले सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको विषयमा प्रश्न उठाउँदै अन्तर्वार्ता दिएका थिए । यसले अदालतको अवहेलना भएको भन्दै दिलकुमार राईले वरिष्ठ अधिवक्ता त्रिपाठीविरूद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका हुन ।

उक्त मुद्दाको पेसी आइतबारका लागि तोकिएको अदालतले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज