पशुपति विकास कोषको जग्गामा भ्रष्टाचार मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा भाडामा दिँदा भ्रष्टाचार भएको भनी दायर मुद्दामा बहस नसकिएपछि आइतबार पनि बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको छ। जग्गा भाडामा दिँदा ४६ करोडको भ्रष्टाचार गरेको भन्दैअख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दा न्यायाधीशद्धय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासमा पेसी तोकिएको थियो । आरोपित एमाले नेता निर्मल कुइँलेलसहित अन्य प्रतिवादीका कानुन व्यवसायीहरूको बहस बाँकी रहेपछि मुद्दा हेर्दाहेर्दै राखिएको हो । सर्वाेच्चले यो मुद्दामा सम्भवतः सोमबार वा अर्को दिन पेसी तोक्ने बताइएको । छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज