काठमाडौं। नवलपरासी जिल्ला अदालत बार एशोसिएशनको निर्वाचनबाट अधिवक्ता रामकृष्ण पौडेल अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
पौडेलसहितको नयाँ कार्यसमिति र पार्षद गत शुक्रबारको निर्वाचनले तय गरेको हो । उक्त निर्वाचनबाट उपाध्यक्ष कृष्णबहादुर जीसी, सचिव भवराज पाण्डेय, सहसचिव पार्वती अधिकारी र कोषाध्यक्ष पञ्चदेवप्रसाद गुप्ता निर्वाचित भएका छन् ।