नेपाल बार एशोसिएसनको २७औं केन्द्रीय कार्यसमितिको निर्वाचन चैत २३ गते हुने

काठमाडौं । नेपाल बार एशोसिएसनको २७औं केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी २०८१ साल चैत २३ गते हुने भएको छ । विहिबार बसेको एशोसिएसनको केन्द्रीय कार्यसमितिको बैठकले भदौ ७ गते बसेको बैठकमार्फत निर्वाचन तयारीलाई अघि बढाउने निर्णय गर्दै, निर्वाचन प्रक्रिया निष्पक्ष र स्वच्छ रूपमा सम्पन्न गर्न विशेष निर्वाचन समिति गठन गरेको छ।

निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन वरिष्ठ अधिवक्ता रामकृष्ण निरौलाको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको छ। समितिमा वरिष्ठ अधिवक्ताहरू चूडामणि आचार्य, नारायण प्रसाद पन्त, बेदप्रसाद गौतम, र हेमन्त मल्ल ठकुरी सदस्य रहेका छन्।

नेपाल बार एशोसिएसनका महासचिव अधिवक्ता अनुपराज शर्मा हस्ताक्षरित सूचनामा निर्वाचनलाई पारदर्शी बनाउन आवश्यक सबै तयारी अघि बढाउने उल्लेख गरिएको छ।

बार एशोसिएसनले सम्पूर्ण सदस्यहरूलाई आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज