क्रिप्टो कारोबार आरोपमा ७ जना पक्राउ, ३ अर्ब बढी ठगीको आरोप

काठमाडौं । अक्रिप्टो करेन्सी कारोबारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सात जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा कैलालीको बर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय माइकल डंगौरा, सोही ठाउँका २६ वर्षीय अनिल विश्वकर्मा, बुढानिलकण्ठ–८ का पियुष श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ का १९ वर्षीय आश्विन चौलागाई, रौतहटको गौर नगरपालिका–९ का २२ वर्षीय सत्यमकुमार सहनी, भारतको बिहारका २७ वर्षीय रोशन कुमार र बिहारकै ३६ वर्षीय मुन्ना कुमार रहेका छन् । प्रहरीका अनुसार समूहले अहिलेसम्म तीन अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको खुलेको छ।

उनीहरूबाट प्रहरीले कम्युटरको सीपीयु २ थान, विभिन्न ब्राण्डका मोबाइल १३ थान, विभिन्न व्यक्तिका नाममा जारी भएका बैंकका चेकहरु १९ थान र नगद ५ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज