रौतहट जिल्ला अदालतले जारी गर्याे सांसद प्रभु साह सहित दुई जना विरुद्ध कारण देखाउ आदेश

रौतहट । आम जनता पार्टीका अध्यक्ष तथा संघीय सांसद प्रभु साह सहित दुई जना विरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीशहरू नेताको झोले भन्दै सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति विरुद्ध बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवले गत शुक्रबार जिल्ला अदालत रौतहटमा अवहेलना मुद्दा दर्ता गरेका थिए ।

आइतबार भएको सुनुवाइपछि न्यायाधीश रेग्मीको इजलासले साह र आजपाका महासचिव त्रिभुवन साह विरुद्ध कारण देखाउ आदेश जारी गरेको हो ।

गत पुस २९ गते सांसद साहले सामाजिक सञ्जाल फेसबुकमा नेताहरूको झोले न्यायधीशले रौतहट बदनाम एवं अस्तव्यस्त बनायो भन्दै टिप्पणी गरेका थिए । उनले  लेखेका थिए, ‘नेताहरूको झोले न्यायधीशले रौतहट बदनाम एवं अस्तव्यस्त भयो । बेईमान एवं अयोग्य न्यायधीशहरूलाई छानबिनको दायरामा ल्याऊन म सम्मानीय प्रधानन्यायधीश ज्युको बिशेष ध्यानाकर्षण गराउछु ।

सामाजिक सञ्जालमा यसरी न्यायाधीशविरुद्ध लेखेपछि बौधिमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादवले शुक्रवार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज