कानून व्यवसायीमाथि आक्रमणप्रति उद्योग वाणिज्य कानून व्यवसायी संघको आपत्ति

काठमाडौं । अदालतमा विचाराधीन मुद्दालाई लिएर कानून व्यवसायीमाथि आक्रमण गर्ने घटनाहरू बढ्दै गएका छन् । यसै सन्दर्भमा, झापा जिल्लाको किष्णनगर जीवन वस्नेतले आफ्नो मुद्धाको पक्षमा बहस गरिरहेको समयमा केही व्यक्तिहरूबाट कुटपिट गरिएको घटनाले कानून व्यवसायीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ ।

उद्योग वाणिज्य कानून व्यवसायी संघ (Industrial Commercial Lawyers Association – ICLA) ले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीहरूलाई कडा कारबाही गर्न माग गरेको छ । संघका अनुसार कानूनी व्यवसायीहरू न्यायिक प्रक्रिया अनुरूप आफ्ना पेशागत जिम्मेवारी पूरा गर्ने व्यक्तिहरू हुन्, र उनीहरूलाई धम्क्याउने वा शारीरिक आक्रमण गर्ने कार्य गम्भीर अपराध हो ।

यस घटनामा संलग्न दोषीहरूलाई तत्काल कानूनी कारबाही गर्न तथा पीडित वकिललाई उचित न्याय र सुरक्षाको प्रत्याभूति गर्न संघले माग गरेको छ । साथै, यस प्रकारका घटनाहरू दोहोरिन नदिन प्रशासनले कडा कदम चाल्नुपर्नेमा पनि संघले जोड दिएको छ ।

संघले कानूनी व्यवसायीहरूको पेशागत सुरक्षामा कुनै सम्झौता गर्न नहुने उल्लेख गर्दै, दोषीहरूमाथि कडा कारबाहीको लागि प्रहरी प्रशासनलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज