काठमाडौं । न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सदस्यमा खड्कालाई नियुक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले संविधानको धारा १५३ को उपधारा (१)को खण्ड (ङ)बमोजिम नेपाल बार एशोसिएशनको सिफारिस अनुसार खड्लाई नियुक्त गरेका हुन् ।
यसअघि खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । खड्का बरिष्ठ अधिवक्ता हुन् ।
नेपाल बार एशोसियसनबाट सिफारिस भएका सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि एउटा सदस्य पद रिक्त थियो ।