७० सिटका लागि दिल्ली विधानसभाको चुनाव हुँदै, सबै सिटमा भिड्ने तीन दलमात्रै

नयाँ दिल्ली । दिल्ली विधानसभाको ७० सिटका लागि बुधबार एकै चरणमा मतदान हुँदैछ । यो चुनावमा सबै सिटमा भिड्ने तीन दाल मात्रै रहेको छ ।

निर्वाचनमा आम आदमी, कांग्रेस र बहुजन समाज पार्टीले मात्रै सबै (७०) सिटमै भिड्दै छन् । लोकसभा चुनावमा इन्डिया गठबन्धनको हिस्सा रहेका पाँच दलहरू यसपटक एकअर्का विरुद्ध चुनाव लडिरहेका छन्। यसमध्ये, आम आदमी पार्टी (आप) र कांग्रेस सबै ७० सिटमा आमनेसामने छन्।

भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) ले ६ सिटमा आफ्ना उम्मेदवारहरू खडा गरेको छ भने भारतीय कम्युनिस्ट पार्टी(मार्क्सवादी (सीपीएम) र भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादी (सीपीआई(एमएल)ले २,२ सिटमा आफ्ना उम्मेदवारहरू खडा गरेका छन् ।

भाजपाले ६८ सिटमा आफ्ना उम्मेदवारहरु खडा गरेको छ। गठबन्धन दलहरूलाई दुई सिट दिइएको छ । यसमा जनता दल युनाइटेड (जेडीयू) ले बुरारीबाट आफ्नो उम्मेदवार उठाएको छ भने लोक जनशक्ति पार्टी रामविलास एलजेपी (आर) ले देवली सिटबाट आफ्नो उम्मेदवार उठाएको छ।

महाराष्ट्रमा भाजपाको सहयोगी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ३० सिटमा चुनाव लडिरहेको छ। शिवसेना प्रमुख तथा महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले सबै सिटमा भाजपालाई समर्थन गरेका छन्।

यसबाहेक बहुजन समाज पार्टी (बसपा) ले ७० सिटमा र असदुद्दीन ओवैसीको अल इन्डिया मजलिस एइत्तेहादुल मुस्लिमीन (एआईएमआईएम) ले १२ सिटमा चुनाव लडिरहेको छ। चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्रसहित विभिन्न दलका कुल ६९९ उम्मेदवार चुनावी मैदानमा छन् । यी सबै उम्मेदवारहरूको शपथपत्र जाँच गरेर एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) ले प्रतिवेदन तयार पारेको छ।

यस अनुसार करिब १९ प्रतिशत अर्थात् १३२ उम्मेदवारहरूको आपराधिक छवि छ। यीमध्ये ८१ जना विरुद्ध हत्या, अपहरण र बलात्कार जस्ता गम्भीर मुद्दा दर्ता छन् । १३ जना उम्मेदवारमाथि महिला विरुद्धको अपराधको आरोप छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज