वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय प्रहरी वृत्त सिंहदरबारको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

रास्वपाका सभापति रबी लामिछानेको थुनछेक बयान सकेर बाहिर निस्किएका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौँ परिसरमा कुटपिट भएको थियो । उनीमाथि कुटपिटको आरोपमा दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीय शीतल राई भनिने सीतादेवी राईलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

प्रतिवादीमध्ये जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको उपसभापति रहेका समेत खुलेको छ । पक्राउ परेका तीन जनाले आफूहरूले त्रिपाठी माथि आक्रमण नगरेको बयान दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज