वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका तीनै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदातलका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनै जनालाई जनही एकरएक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर रिहा भएका छन् । अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।

यसैवीच वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले बिहीबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भएका दीपक आले मगर रहेका छन् । उनलाई प्रहरी वृत्त सिंहदरको हिरासतमा राखिएको छ । पक्राउ परेका उनलाई ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज