नेपाल बार काउन्सिलको निर्वाचन परिणाम सार्वजनिक, बाग्मतीमा वरिष्ठ अधिवक्ता खनाल विजयी 

काठमाडौँ । नेपाल बार काउन्सिल निर्वाचन समितिको आज सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएको छ। विभिन्न प्रदेशबाट निर्वाचित भएका उम्मेदवारहरूको मत परिणाम विवरणसहित घोषणा गरिएको छ।
कोसी प्रदेशबाट राजु ढकाल ४५० मत मतसहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी बालकृष्ण आचार्य ४२३ प्राप्त गरेका थिए। त्यसै गरी मधेस प्रदेशबाट सञ्जीवकुमार मल्लीक २७१ मत सहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी ओमप्रकाश केशरीले २२४ मत प्राप्त गरेका छन् ।
वाग्मती प्रदेशमा रवि नारायण खनाल २४४९ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिद्वन्द्वी परशुराम कोइरालाले १८४२ मत प्राप्त गरेका छन् । गण्डकी प्रदेशमा दयाराम गौतम ३१२ मतसहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नारायण प्रसाद शर्माले २३४ मत प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेशमा ईश्वरी प्रसाद ज्ञवाली ४३८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी मदन कुमार पुनले २७३ मत प्राप्त गरेका छन्। कर्णाली प्रदेशबाट मातृका प्रसाद खनाल ७३ मत सहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी दमनराज बमले ४२ मत प्राप्त गरेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट निरञ्जन विष्ट १४५ मतसहित विजयी बने भने उनका प्रतिद्वन्द्वी टेक बहादुर कठायतले १०८ मत प्राप्त गरेका छन् ।
परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरूको निर्वाचन मण्डलबाट सात प्रदेशबाट एक–एक जना पार्षद्को चयन गर्नुपर्ने व्यवस्था छ ।
परिषद्को पार्षद् छान्न देशभर ११ हजार मतदाता छन् । बागमती प्रदेशमा मात्रै आठ हजार दुई सय मतदाता छन् ।
महान्यायाधिवक्ता अध्यक्षतामा रहने कानुन व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एसोसिएसनको निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतको रजिस्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशबाट सात जना पार्षद् चयन हुन्छन् । पार्षद्को पदावधि पाँच वर्षको हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज