संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०८र१ पेस गर्ने कार्यसूची छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

त्यसैगरी संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक समेत सोमबार बस्दैछ। दिँउसो सवा १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै मन्त्री गुरूङले मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा पनि अध्यादेश कार्यसूचीमा राखिएको छैन। अध्यादेश पारित गर्न राष्ट्रिय सभामा सत्ता पक्षसँग बहुमत छैन। उपेन्द्र यादव नेतृत्वमा जनता समाजवादी पार्टी नेपालले अध्यादेशबारे निर्णय गरिनसकेकाले राष्ट्रिय सभामा अध्यादेश कार्यसूचीमा चढ्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज