कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव पारित गर्न माग

काठमाडौं । नेपाल राष्ट्रवादी मोर्चाले कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन प्रतिनिधि सभामा अविलम्ब संकल्प प्रस्ताव पारित गर्न माग गरेको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सोमबार सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ, भारतले २०१९ मा नेपालको दार्चुला जिल्लाको पश्चिम उत्तरमा अवस्थित लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेर नेपाली भूमि अतिक्रमण गरेको थियो। यसपछि नेपालले २०७७ सालमा आफ्नो अद्यावधिक नक्सामा यी भूभागलाई समेटेको थियो। यो नक्सा संयुक्त सदनले सर्वसम्मतिले पारित गरेको थियो र नेपालको संविधानमा संशोधन गरी यसलाई संविधानको अभिन्न अङ्ग बनाइएको थियो। तर, पाँच वर्ष वितिसक्दा पनि भारतीय सेना उक्त क्षेत्रबाट हटाउन कुनै ठोस प्रयास भएको छैन।

मोर्चाले कालापानी क्षेत्रबाट भारतीय सेना हटाउने प्रक्रिया अघि बढाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव पारित गरिनुपर्ने माग समेत गरेको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भनेका छन्, नेपालको सार्वभौमसत्तासम्पन्न भूमिबाट भारतीय सेना हटाउनु हाम्रो प्राथमिकता हो र यस विषयमा प्रतिनिधि सभाले तत्काल संकल्प पारित गर्नुपर्छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज