काठमाडौँ । मेलम्ची खानेपानीको पाइप फुटेर आएको बाढीका कारण बुधबार ठमाडौँ जिल्ला अदालतको दोस्रो भवनको भूइँतला डुवानमा परेको छ । बाढीबाट उक्त भवनमा रहेको २६, २७, २८ र २९ नम्बर फाँटमा क्षति पुगेकोले ती फाँटको पेशी तथा इजलास अर्काे सूचना प्रकाशित नभएसम्मका लागि अबरुद्ध भएका छन् ।
काठमाडौँ जिल्ला अदालतले सूचना जारी गर्दै भुइँतल्लामा रहेको २६, २७, २८ र २९ नम्बर फाँटमा क्षति भएकाले पेसी तथा इजलास अर्को सूचना प्रकाशित नभएसम्मका लागि सञ्चालन नहुने जनाएको हो ।
बुधबार मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाडौँ जिल्ला अदालत, विशेष अदालत लगायत कार्यालयहरू डुबानमा परेका हुन् ।