फागुन ९ भित्र कानुन व्यवसायी परिषदमा अध्यावधि गर्न नेपाल बारको आग्रह

काठमाडौं । नेपाल बार एसोसिएसनले कानुन व्यवसायी परिषद्मा आफ्नो नाम अध्यावधि गर्न छुटेका कानुन व्यवसायीहरूलाई यही फागुन ९ गतेभित्र आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।

नेपाल बार एसोसिएसनका महासचिव अजयकान्त मैनालीद्वारा हस्ताक्षरित आधिकारिक सूचनामा अधिवक्ताहरूले तोकिएको मितिभित्र आफ्नो प्रमाणपत्र नविकरण (अध्यावधि) नगरेमा कानुनी पेशामा निरन्तरता दिन कठिनाइ हुन सक्ने उल्लेख गरिएको छ।

बार एसोसिएसनले विशेष रूपमा नेपाल बार विधान, २०५८ को संशोधनसहितको प्रावधान अनुसार, आवश्यक दस्तावेज अद्यावधिक नगरेमा आगामी निर्वाचन प्रक्रिया तथा कानुनी पेशा सम्बन्धी गतिविधिहरूमा समस्या हुनसक्ने चेतावनी पनि दिएको छ।

यसै कारण, सम्बन्धित सबै कानुन व्यवसायीहरूलाई नेपाल बार एसोसिएसनको अनुरोधअनुसार तोकिएको समयसीमाभित्र आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न विशेष ध्यान दिन आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज