दुवै सदनको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक मंगलबार बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् ।

विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ पारित गर्न मन्त्री मन्त्री भण्डारीले प्रस्ताव गर्ने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०(८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज