सचिवमाथि आक्रमण गर्ने वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न प्रशासनको अनुमति

काठमाडौं। जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आफ्नै वडाका सचिव नवीन भुसाललाई आक्रमण गरेको अभियोगमा प्रक्राउ परेका वडाध्यक्ष गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

वडाध्यक्ष कप भलिबल प्रतियोगिताको बिल पास नगरेको भन्दै वडाध्यक्ष गुरुङले सचिव भुसालमाथि आक्रमण गरेका थिए । आफूमाथि ज्यान मार्ने धम्किसहित कुटपिट भएको भन्दै मंगलबार पीडित भुसालले चितवनबाट वडाध्यक्ष गुरुङमाथि कुटपिट तथा अभद्र व्यवहारमा किटानी जाहेरी दिएका थिए ।

सचिव भुसालको किटानी जाहेरीकै आधारमा प्रहरीले कुटपिट तथा अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

पीडित भुसालले आफूलाई घाँटीमा थिचेर झ्यामरझ्याम झापड हानेको र हतियार नै लिएर आउँछु भनेर निस्किएपछि आफू भागेर प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्क गरेको बताएका छन् । उनको घाँटी र गालामा निलडाम भएको थियो । सचिव भुसाललाई स्वासप्रश्वासमा समस्या भएपछि बन्दीपुर अस्पतालबाट चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको थियो ।

कर्मचारीहरुले वडाध्यक्ष माथि कारबाही नगरेसम्म सेवा नै ठप्प पार्ने चेतावनी दिएका थिए । चौतर्फि दबाब आएपछि प्रहरीले वडाध्यक्ष गुरुङलाई पक्राउ गरेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज