काठमाडौँ । एउटा पोडकाष्ट सञ्चालनका क्रममा गायक कुमा सागरलाई गिज्याउने कमेडियन सजन श्रेष्ठ, सुजन जिम्बा र उत्सव सापकोटा र सुशान्त प्रधानमाथि कारबाही नगरिएको भन्दै उनका समर्थकहरुले बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि प्रदर्शन गरेका छन् ।
गायक कुमा सागरलाई गिज्याएको आरोपमा उनीहरु विरुद्ध २ दिन अगाडी प्रहरीमा उजुरी दर्ता भएको थियो छ । निवेदन दिएको ४८ घण्टा बितिसक्दा पनि प्रहरी प्रशासनद्वारा कमेडियन सजन श्रेष्ठ, सुजन जिम्बा र उत्सव सापकोटा र पोडकास्टर सुशान्त प्रधानविरुद्ध कारबाही नगरिएको भन्दै सम्पदा संरक्षण महाअभियानले विरोध प्रर्दशन गरेको हो ।
उनीहरुले गायक कुमा सागरलाई गिज्याएर नेवार समुदायको मातृभाषाको लवजलाई अश्लील तथा हेय भावले प्रस्तुत गरेको र सम्पूर्ण नेवार समुदायको आत्मसम्मानमा चोट पुर्याएको भन्दै कारबाहीको माग गरेका छन् ।