काठमाडौं। सरकारले ८० जना सहसचिवको पनि सरुवा गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकले बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने भनिएपनि सो विषयमा मन्त्रिपरिषदमा चर्चा नै भएन । मन्त्रिपरिषदमा उनको विषय नउठ्नु भनेको तत्कालका लागि उनको पद धमौति हुनु हो ।