काठमाडौं । स्वतन्त्र कानून व्यवसायी मञ्चको तर्फबाट नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनका लागि उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको छ।
वरिष्ठ अधिवक्ता डा. नारायणप्रसाद घिमिरेको नेतृत्वमा स्वतन्त्र उम्मेदवारहरूको समूहले स्वतन्त्रता, निष्पक्षता, र बारमा राजनीतिक हस्तक्षेपविरुद्धको प्रतिबद्धता जनाउँदै उम्मेदवारी दिएका छन्।
घोषित सूचीअनुसार महासचिवमा अधिवक्ता यज्ञमणि न्यौपाने र कोषाध्यक्षमा अधिवक्ता हरिचन्द्र भट्टराई रहेका छन्। उपाध्यक्ष पदका विभिन्न क्षेत्रीय उम्मेदवारहरूमा अधिवक्ताहरू राम प्रसाद खतिवडा (कोशी), समसुद्धिन हवारी (मधेश), रामचन्द्र देवकोटा (वाग्मती), लेखनाथ सापकोटा (गण्डकी), रामप्रसाद आचार्य (लुम्बिनी), गणेश के.सी.(कर्णाली) पदमप्रसाद शर्मा (सुदूरपश्चिम) तथा नीना महर्जन (महिला) रहेका छन्।
त्यस्तै, सदस्य खुला, महिला, दलित, आजीवन सदस्य, र क्षेत्रीय सदस्यका लागि विभिन्न योग्य उम्मेदवारहरू चयन भएका छन्।
स्वतन्त्र कानून व्यवसायी मञ्चले बार एसोसिएसनको निर्वाचनलाई राजनीति निष्पक्ष बनाउन तथा कानून व्यवसायीहरूको हक, हित, र स्वतन्त्रतालाई सुनिश्चित गर्न विशेष अभियान सञ्चालन गर्ने जनाएको छ।