काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जना सर्ट लिष्टमा परेका छन् । उक्त पदमा नियुक्तिका लागि गठित सिफारिस समिति सर्टलिस्टमा परेका पाँच जनाको नाम सार्वजनिक गरेको हो ।
आवेदन दिएकामध्ये चूडामणि चापागाईं, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका हुन् ।
संक्षिप्त सूचीमा छनौट भएका आवेदकहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बिहान ७ बजे अर्थ मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।