गाँजा खेती र यौन व्यवसायलाई वैधानिक रुपमा खुला गरौंः श्याम घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरले यौन व्यवसाय र गाँजा खेतीलाई वैधानिक रुपमा खुला गर्नुपर्ने प्रस्ताव गरेका छन्। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद् घिमिरेले आर्थिक विकासका लागि गाँजा खेती र यौन व्यवसायलाई खुला गर्न माग गरेका हुन्।

सांसद घिमिरेले अहिले विश्वभरी नै मनोरञ्जन क्षेत्रले धेरै आम्दानी गरिरहेको भन्दै देशमा विदेशी पर्यटक ल्याउने उत्तम विकल्पका रूपमा यौन व्यवसाय भएको बताए । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, धार्मिक पर्यटकले धेरै पैसा खर्च गर्दैनन, मनोरञ्जन व्यवासायमा धेरै खर्च गर्छन । त्यसैले यौन व्यवसायलाई खुला गरौं ।

सांसद घिमिरेले आर्थिक विकासको आधार गाँजाखेती भएकाले त्यसलाई वैधानिक बनाउन समेत माग गरे। उनले भने, ‘गाँजा खेतीलाई पनि मान्यता दिऊ। अमेरिका लगायतका धेरै मुलुकहरुमा गाँजा खुला गरेका छन्। अब हामीले पनि त्यसलाई खुला गर्नुपर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज