न्यायपालिका भ्रष्टाचारमुक्त बनाउने समय आएको छ: अध्यक्ष पदका उम्मेदवार प्रा.डा. मिश्र

कपिलवस्तु । नेपाल बार एसोसिएसनको निर्वाचनमा लोकतान्त्रिक, प्रगतिशील र राष्ट्रवादी समूहको समर्थन बाट अध्यक्ष पदमा उम्मेदवारी दिएका प्रा.डा.विजयप्रसाद मिश्रले न्यायपालिकालाई भ्रष्टाचारमुक्त बनाउने समय आएको बताएका छन् । नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा आज आयोजना गरिएको भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष पदका प्रत्याशी प्रा.डा. मिश्रले यस्तो बताएका हुन् ।
मङ्गलवार जिल्ला अदालत बार इकाईका कानुन व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रियाका साथै उम्मेदवार र मतदाताबिच परिचय कार्यक्रममा सहभागीहरूले प्रा.डा. मिश्रलाई नेपाल बारको सुधार र न्यायपालिकाको शुद्धीकरणमा केन्द्रित हुन जोड दिएका थिए।
सहभागीहरूसँगको छलफलका क्रममा बोल्दै प्रा.डा. मिश्रले आफ्नो समूह न्यायपालिकाबाट भ्रष्टाचार हटाउन सक्षम रहेको र त्यसको कार्यनीति तथा रणनीति आफूहरूले बनाइसकेको बताएका थिए। न्यायपालिका भ्रष्टाचारमुक्त बनाउने समय आएको छ, उनले भने, त्यसका लागि हाम्रो टोली दृढ छ ।
प्रा.डा. मिश्रले नवोदित कानुन व्यवसायीको क्षमता अभिवृद्धि, न्यायालयमा उनीहरूको सक्रिय उपस्थिति सुनिश्चित गर्ने र कानुन व्यवसायीहरूको हकहितको लागि प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता समेत जनाए ।
छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मिश्रले आफ्नो कार्यकालभित्र नै घोषणापत्र कार्यान्वयन गरिछाड्ने दृढता व्यक्त गरे। उनले भने, घोषणापत्रका विषयमा भएका काम आगामी तीन वर्षमा देख्न सक्नुहुन्छ। अधिवक्ताको आवाजमा हामी सशक्त रूपमा उभिन्छौँ। चुनाव जित्नका लागि भाषण होइन, काम गरेर देखाउनेछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज