संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ वैशाख ३ गतेलाई सारियो

काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीविरुद्ध दायर मुद्दाको सुनुवाइ आगामी वैशाख ३ गतेका लागि तोकेको छ।

आज भएको सुनुवाइका क्रममा रिट निवेदक कानुन व्यवसायीहरूले दैनिक रूपमा सुनुवाइ गर्न माग गरेका थिए। तर, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अन्य व्यवहारिक कारण देखाउँदै दैनिक सुनुवाइ गर्न कठिन रहेको बताएका छन्।

सर्वोच्च अदालत प्रशासनले केहीबेरअघि नै उक्त मुद्दाको सुनुवाइ वैशाख ३ गतेका लागि तोकेको जानकारी दिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज