१७ दिनदेखि हिरासतमा रहेका बलात्कार आरोपी पाटन अस्पतालबाट फरार

ललितपुर । बलात्कार अभियोगमा १७ दिनदेखि प्रहरी हिरासतमा रहेका एक आरोपी ललितपुरको पाटन अस्पतालबाट फरार भएका छन् । अछाम घर भएका १९ वर्षीय दीपक साउद बुधबार दिउँसो अस्पतालबाट भागेका हुन्।

सातदोबाटो प्रहरी वृत्तको हिरासतमा रहेका साउदलाई ज्वरो आएपछि उपचारका लागि पाटन अस्पताल लगिएको थियो। ‘शौचालय जान्छु’ भनेर आग्रह गरेपछि प्रहरी कर्मचारीले हतकडी खोलेका थिए। सोही अवसरमा उनी अस्पतालबाट फरार भएका हुन्। हाल उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

साउद ललितपुरको महालक्ष्मी नगरपालिका–८, बोझेपोखरीमा १७ वर्षीया किशोरीसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए। उनीहरूबाट एक महिनाअघि छोरी जन्मिएपछि किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज