पोखरा महानगरका अधिकृत गिरी २५ हजार घुससहित पक्राउ

लेखनाथ, चैत ७ गते। अख्तियारमा उजुरी पारेको भन्दै घुस लिने कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले गिरीलाई बिहीबार दिउँसो पोखराको न्युरोडबाट २५ हजार नगद सहित नियन्त्रणमा लिएको हो।

अधिकृत गिरीले तपाईविरुद्ध अख्तियारमा उजुरी पारेको छ, मिलाइदिन्छु भनी कृत्रिम उजुरी खडा गरी रकम लिएको देखिएको अख्तियारले जनाएको छ । उनले अख्तियारमा परेको उजुरी मिलाइदिने भन्दै एक लाख रकम माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज