झापामा ५८ बिघा सरकारी जग्गा हिनामिना प्रकरण, विशेष अदालतमा पेसी हेर्न नमिल्नेमा

झापा । झापाको बालुवाटारस्थित ५८ बिघा सरकारी जग्गा हिनामिनाको प्रकरणमा विशेष अदालतमा पेसी हेर्न नमिल्ने भएको छ। यस मुद्दामा तत्कालीन प्रमुख नापी अधिकारी शशीकान्त झा र अन्य आरोपितहरूको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो। विशेष अदालतको न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासमा आज पेसी तोकिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन १३ गते विशेष अदालतमा शशीकान्त झा र अन्यको विरुद्ध मुद्दा दायर गरेको थियो। तत्कालीन प्रमुख नापी अधिकारी झाले सरकारी जग्गा स्थानीय माओवादी नेता गगन पुरी र अन्यका नाममा दर्ता गराएका थिए। यस घोटालामा उनले आफ्नी श्रीमती अनारदेवी झाको नाममा समेत सरकारी जग्गा दर्ता गरेको पाइएको छ।

तत्कालीन नापी अधिकृत झाको २०७५ साल पुस ७ गते मृत्यु भइसकेको छ । यद्यपि सरकारी जग्गा श्रीमतीको नाममा राखेको र करोडौँको सरकारी सम्पत्ति व्यक्ति विशेषका नाममा दर्ता गर्न सहयोग गरेको भन्दै झाकै सम्पत्तिबाट जफत गर्ने गरी झाविरुद्ध ४१ करोड ६२ लाख १९ हजार ८०१ रुपैयाँ ७५ पैसाको बिगो कायम गरी आयोगले २०८० फागुन १३ गते भ्रष्टाचारको मुद्दा दायर भएको थियो । अख्तियारले झाको मृत्यु भइसके पनि उनले कमाएको वा बढाएको सम्पत्तिको नजिकको हकदार निजकै श्रीमती अनारदेवी झाको समेत बयान लिएको थियो । बयानका क्रममा झाकी श्रीमती अनारदेवी झाले अदालतमा बयान दिँदा शशीकान्त झालाई दोषी ठहर भएमा उनले तिर्नुपर्ने क्षतिपूर्ति रकम तिर्ने बताएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज