विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले बताए ।

घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

ऊर्जा मन्त्री दिपक खड्कासँगको द्धन्द्धका कारण उनलाई पदबाट हटाइएको बताइएको छ । मन्त्री खड्काले पटकपटक ‘पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज