भ्रष्टाचार आरोपमा जनकपुर टुडेका सम्पादक यादवसहित तीन जनामाथि मुद्दा

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिकामा स्वास्थ्य चौकी भवन र डिप बोरिङसम्बन्धी परियोजनामा अनियमितता भएको आरोपमा जनकपुर टुडेका अध्यक्ष तथा प्रधान सम्पादक वृजकुमार यादवसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखा अधिकारी सुमनकुमार पुरी र पत्रकार यादवले मिलेमतोमा सार्वजनिक खरिद ऐन उल्लंघन गरी बोलपत्र आह्वान प्रक्रियामा अनियमितता गरेको पाइएको छ।

२०७६ साल चैत ३ मा कानूनी प्रक्रिया मिच्दै बोलपत्र आह्वानको सूचना एक मात्र पत्रिकामा प्रकाशित गरी गाउँपालिकामा झुटा विवरण पेस गरिएको आयोगको अनुसन्धानबाट खुलेको छ। सोही आधारमा जनकपुर टुडेले ६ लाख ४४ हजार १०० रुपैयाँ भुक्तानी लिएको अख्तियारको दाबी छ।

विशेष अदालतमा दायर गरिएको मुद्दामा अख्तियारले तीनै जनालाई बिगो असुल उपर गर्दै कानुनी कारबाहीको माग गरेको छ। यादव हाल बीबीसी नेपाली सेवाका संवाददाता पनि हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज