सरकारले दियो प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाइएको औपचारीक जानकारी

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको औपचारिक जानकारी दिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार यसबारे जानकारी दिएका हुन ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै गुरुङले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाइएको जानकारी दिएका हुन् । २०७८ साउन २६ मा कुलमान दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनको कार्यकाल सकिने चार महिना बाँकी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज