सिरहामा महायज्ञका क्रममा दलितमाथि ज्यादती गर्ने अध्यक्ष सहितका नेता धरौटीमा रिहा

सिरहा। सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका क्रममा दलितमाथि भएको विभेद र ज्यादती प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासले जनही एक लाख रुपैयाँ धरौटी लिएर उनीहरूलाई थुनामुक्त गर्न आदेश दिएको हो। जिल्ला अदालत सिरहाका शाखा अधिकृत समीर कुलुङका अनुसार उनीहरूलाई शुक्रबार धरौटीमा रिहा गर्ने निर्णय भएको हो।

यसैबीच, सोही घटनामा संलग्न भएको आरोपमा बजरंजी बाबाविरुद्ध पनि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। कुलुङका अनुसार अब कानुनी प्रक्रियाअनुसार उनको मुद्दामा म्याद जारी हुनेछ।

गत फागुन १० गते महायज्ञस्थलमा अछुत भन्दै दीपक मल्लिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काइएको थियो। यस प्रकरणमा पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष चैत ९ गते पक्राउ परेका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज