पत्रकार हत्याको विरोधमा पत्रकार महासंघद्धारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्या, पत्रकारहरूमाथि भइरहेका आक्रमण तथा हिंसात्मक घटनाहरूको विरोध गर्दै कडा आन्दोलनको घोषणा गरेको छ। शनिबार बसेको महासंघको केन्द्रीय समिति बैठकले पत्रकार सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

बैठकमा महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकार सुरक्षाका लागि अविलम्ब ठोस कदम चाल्न सरकारलाई दबाब दिनुपर्ने बताए। बैठकले हत्या भएका पत्रकारका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन र दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। साथै, पत्रकारहरूमाथि भइरहेका आक्रमण र धम्कीको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरिएको छ।

महासंघले पत्रकारहरूको हकहित र सुरक्षाका लागि विभिन्न चरणका संघर्षका कार्यक्रमहरू अगाडि बढाउने निर्णय गरेको छ। यदि सरकारले यथाशीघ्र आवश्यक कदम नचाले महासंघ अझ सशक्त आन्दोलनमा जाने चेतावनी दिएको छ।

नेपाल पत्रकार महासंघले सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा सम्बन्धित निकायलाई एकजुट भएर प्रेस स्वतन्त्रताको रक्षा गर्न अपिल गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज