काठमाडौं । आसन्न चैत २३ गते हुने नेपाल बार एशोसिएशनको निर्वाचनमा केही उम्मेदवारले नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) को नाम दुरुपयोग गरेको भन्दै संस्थाले आपत्ति जनाएको छ।
डिएलएले एक विज्ञप्ति जारी गर्दै महिला उपाध्यक्ष पदकी उम्मेदवार दिना श्रेष्ठ (क्रम संख्या २), खुला सदस्य पदका उम्मेदवार रामलाल श्रेष्ठ (क्रम संख्या ८) र महिला खुला सदस्य मन्दिरा अधिकारी (क्रम संख्या ३) संस्थाका आधिकारिक उम्मेदवार नभएको स्पष्ट पारेको छ।
संस्थाले कानुन व्यवसायीहरूलाई कुनै भ्रममा नपर्न आग्रह गर्दै वरिष्ठ अधिवक्ता प्रा. डा. विजय प्रसाद मिश्र नेतृत्वको समूहलाई मतदान गर्न अपिल गरेको छ। साथै, संस्थाको नाम दुरुपयोग नगर्न सम्बन्धित उम्मेदवारहरूलाई चेतावनी समेत दिएको छ।