राप्रपाको सरकारलाई २४ घण्टे अल्टिमेटम, मिश्र र राणाको रिहाइको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणाको रिहाइको माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ।

शनिबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै मिश्र र राणालाई अविलम्ब रिहा गर्न माग गरेका हुन्।

राप्रपाले उनीहरूलाई २४ घण्टाभित्र रिहा नगरिए देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। साथै, पार्टीले तीनकुने घटनाको जिम्मेवार सरकार भएको दाबी गर्दै लोकतान्त्रिक अधिकार हनन सह्य नहुने चेतावनी दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज