काठमाडौं । सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सूचना प्रकाशित गर्दै मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।
सूचनामा भनिएको छ ,नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल चैत्र १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।