काठमाडौं । नेपाल बार एसोसिएशनको कार्यसमिति निर्वाचनका लागि देशभरका मतदान केन्द्रबाट मतपेटिका तथा मतपत्रहरू काठमाडौंमा संकलन भइसकेका छन्। निर्वाचन समितिका अनुसार सम्पूर्ण तयारी पूरा भएपछि आजबाट औपचारिक रूपमा मतगणना प्रक्रिया शुरू गरिने भएको छ।

देशभरका ९ हजार ७०८ जना अधिवक्ताहरू मतदानमा सहभागी भएका थिए । जसमा ५ हजार ७०० जना काठमाडौं उपत्यकाबाट र उपत्यका बाहिरबाट ३ हजार ५०० जना अधिवक्ताहरूले सहभागिता जनाएका थिए। मतदान केन्द्रबाट संकलित मतपत्रहरूलाई सुरक्षीत रूपमा काठमाडौं ल्याइएको छ र निर्वाचन समितिले मतगणना सुरु गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको जनाएको छ।
यस निर्वाचनले आगामी कार्यकालका लागि नेपाल बार एसोसिएशनको नेतृत्व तय गर्नेछ ।