लामिछानेलाई पक्राउ गर्दा प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदैआयोगको ध्यानाकर्षण गराएका हुन् ।

सहकारीको रकम ठगेको कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज