काठमाडौं । नेपाल नोटरी पब्लिक परिषद्ले नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ अनुसार प्रमाणपत्रको लागि आवेदन दिएका ७४ जना व्यक्तिहरूलाई नोटरी पब्लिकको प्रमाणपत्र प्रदान गरेको छ। यहि चैत्रको २८ र २९ गते तालिम सम्पन्न गरेर प्रमाणपत्र वितरण गरिएको हो ।
परिषद्को २०८१ चैत २८ गतेको निर्णय अनुसार उनीहरूलाई सम्बन्धित जिल्लामा कार्य गर्न दिने गरी प्रमाणपत्र जारी गरिएको हो। नोटरी पब्लिकको रूपमा नियुक्त भएका व्यक्तिहरूमा ललितपुर, काठमाडौं, बर्दिया, रुपन्देही र भक्तपुर जिल्लाका रहेका छन्।
नेपाल नोटरी पब्लिक परिषद्ले सम्पर्क विवरणसहित सहभागिकालागि सूचना प्रकाशित गरेको छ। काठमाडौंको हकमा आइतवार काठमाण्डौ जिल्ला न्यायधिशले सपथ गराएपछि नोटरी पब्लिकको रुपमा काम गर्ने बताइएको छ ।